आँखीभौंका लागि उपयोगी ‘माइक्रोब्लेडिङ’

असोज १८, काठमाडौं – अनुहारको सुन्दरतामा आँखीभौं यसले धेरै महत्व राख्छ । बाक्लो र लामो मिलेको आँखीभौं सबैको रोजाइमा पर्छ । जसको आँखीभौं पातलो छ त्यसका लागि पछिल्लो समय बजारमा नयाँ प्रविधि ‘माइक्रोब्लेडिङ’ आएको छ ।

के हो माइक्रोब्लेडिङ ?
‘माइक्रोब्लेडिङ’ भनेको आँखीभौं हुबहु प्राकृतिकजस्तै मिलाउनु हो । पहिला आँखीभौं ‘मसी’ ले उतारिन्छ त्यसपछि ब्लेडले कोरिन्छ ।
कति सुरक्षित छ ? ‘माइक्रोब्लेडिङ’ एक सुरक्षित र सजिलो उपाय हो । यसमा पहिले आइब्रोको हल्का मसाज गरिन्छ । त्यसपछि मात्र यसको प्रक्रिया सुरु गरिन्छ । यस क्रममा ब्लेडको आवाज सुन्न सकिन्छ । तर आत्तिनुपर्दैन । यो प्रक्रिया गर्दा दुखाइ महसुस हुँदैन ।

‘माइक्रोब्लेडिङ’ गर्नुअघि

– एक साता थ्रेडिङ वा वाक्स गर्नुहुँदैन ।

– फेसियल गरेको हुनुहुँदैन ।

– ओलिभ ओयल वा भिटामिन ‘ई’, ‘ए’ को प्रयोग गरेको हुनुहुँदैन ।

– महिना अघिदेखि रेटिनलयुक्त उत्पादन बन्द गर्नुपर्छ ।

– यो उपचार गर्नु २४ घन्टाअघि एस्पिरिन वा आइब्रुफिनको सेवन गर्नु हुँदैन ।