ईपीएलमा आज दुई खेल हुदै

असोज १८, एजेन्सी  – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा हुनेछ । चितवन र भैरहवाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।