प्रकाश र प्रमीलाको माया बिना इन्टरनेट रिलिज

 

असोज १५, काठमाडौं –  एस् टी कृयसनको प्रस्तुतिमा म्युजिक भिडियो माया बिनाु इन्टरनेट रिलिज गरिएको छ ।

बाबुल गिरी र संगिता थापा मगरको आवाजमा समावेश गीतको शब्द तथा संगीत रविन खड्काको रहेको छ । बिनय कार्की छेत्रीले गीतको संगीत संयोजन गरेका छन् ।

सुबोल थापाको निर्देशन भिडियोमा छ । नवीन निरौला सम्पादन र कलरिङ् रहेको भिडियोको दृश्य कैद ज्ञानेन्द्र शर्माले गरेका हुन् । प्रकाश बस्नेत र प्रमीला खनालको दमदार अभिनय यस भिडियोमा देख्न सकिन्छ ।