इटालियन सिरी ए – युभेन्ट्स विजयी

असोज ११,एजेन्सी इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियाविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।

युभेन्टसका लागि १० औँ मिनेटमा पउलो डिबाला, ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनार्दो बानुकी तथा ५७ औँ मिनेटमा मानुएल लोकातेलीले गोल गरेका हुन् । साम्पडोरियका लागि योशिदाले ४४ औँ तथा कान्ड्रेभाले ८३ औँ मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै युभेन्ट्सले ६ खेलमा ८ अंक जोडेको छ । युभेन्ट्स नवौं स्थानमा रहेको छ । साम्पडोरिया ५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।