फ्रेन्च लिग वानमा पीएसजी विजयी

असोज १०, एजेन्सी – फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार आठौं जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मोप्लिएरलाई २–० गोल अन्तरले पराजित गर्दै पीएसजीले जितको यात्रालाई कायम राखेको हो ।

खेलको १४ औं मिनेटमा इद्रिसाले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८८ औं मिनेटमा जुलियनले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

यस जितसँगै ८ खेलमा ८ जितसहित २४ अंक जोड्दै पीएसजी शीर्षस्थानमा छ ।