इटालियन सिरी ए – युभेन्ट्सको पहिलो जित

असोज ७, एजेन्सी  – इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा स्पेजियालाई ३–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले पहिलो जित निकालेको हो ।

यस जितसँगै युभेन्ट्सले ५ खेलमा ५ अंक जोडेको छ ।युभेन्ट्स १२ औं स्थानमा रहेको छ ।