इपीएल कप फुटबल -नर्विचविरुद्ध लिभरपुल विजयी

असोज ६, एजेन्सी – इपीएल कप फुटबलमा लिभरपुलले नर्विच सिटीलाई पराजित गरेको छ । मंगलबारराति सम्पन्न खेलमा लिभरपुलले नर्विचलाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको चौथो मिनेटमा मिनामिनोको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । दोस्रो हाफमा डिभोग ओगिरीले एनफिल्ड क्लबको अग्रता दोब्बर बनाए ।

खेल सकिन १० मिनेट अघि मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए । जित सहित लिभरपुल इपीएल कप फुटबलको चौथों चरणमा प्रवेश गरेको छ ।