कानुन पढ्न आकर्षित थारू समुदायका छात्रा

असोज ५, तुलसीपुर – पढ्ने चाहना हुन्छ, तर घरको आर्थिक अवस्थाले धान्दैन र बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हुन्छ । गरिबीले घेरेको हाम्रो समाजको एउटा बाध्यता यही हो । पढाइमा दख्खल हुनेहरू पनि अर्थाभावकै कारण पढाइबाट बञ्चित हुनुपर्छ । तर कतिपय अवस्था यस्तो भइदिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ लमही नगरपालिका–९ अमिलिया निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो ।

घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर पनि उनले ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले कानुन’ विषय पढिरहेका छन् । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन”, उनले भने, “तर मैले इच्छा राखेपछि जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।”
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित मेट्रो कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनले त्यही पढिरहेकी छन् । उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । “सकेसम्म न्यायाधीश बन्ने इच्छा हो”, उनले भनीन्“यदि त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो ।”

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि घरको आर्थिक अवस्था कमजोर नै हो । उहाँलाई घरबाट पढाइ खर्च पु¥याउन हम्मेहम्मे पर्छ । तर उहाँको इच्छा कानुन विषय पढ्ने रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छन् ।
दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर दाङमै कानुन विषय पढेका महिला बिरलै छन् ।

यसले पनि उहाँहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । “कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ”, सरुले भनीन् “तर महिला बिरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौंँ ।” कानुन विषय पढ्न रु चार लाख हाराहारी खर्च लाग्छ । अहिले कलेजमा कानुन पढ्ने विद्यार्थीमध्ये बढी छात्रा छन् । ४६ विद्यार्थीमध्ये २६ छात्रा रहेको कलेजका प्रशासन प्रमुख सुधासुमन ढकालले बताए । तीमध्ये छ थारू समुदायका छन् । थारू समुदायकामध्ये एक जनामात्रै छात्र हुन्, अरु सबै छात्रा रहेका छन् । कानुन विषयमा छात्राको आकर्षण बढिरहेको छ ।