स्पेनिस लिगा फुटबल – रियल मड्रिडद्धारा भ्यालेन्सिया पराजित

असोज ४, एजेन्सी – स्पेनिस लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २- १ गोल अन्तरले पराजित गरेको हो ।

लिगमा रियलको यो चौंथो जित हो । प्रशिक्षक कार्लोस एन्सेलोटीको नेतृत्वमा रियल अपराजित छ ।जितसँगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।रियलले ५ खेलमा १३ अंक जोडेको छ ।