शरीरमा पसिना आउनुका यस्ता छन् फाइदाहरु

असोज ४, काठमाडौं -गर्मी मौसममा धेरैको शरीरमा पसिना आउँछ । स्वस्थ छालाका लागि पसिना आउनु जरुरी भएको विज्ञहरुको भनाई छ । कतिपय मानिसमा पसिनाले छाला तैलीय बनाउँछ र सबै छिद्र बन्द गर्छ भन्ने बुझाइ छ । यो गलत हो । पसिना नआउँदा पहिले नै भरिएको छिद्र र छालामा ब्ल्याकहेड्स बन्ने सम्भावना रहन्छ । पसिनाले छालामा पु¥याउने फाइदा निम्नानुसार छन्।

– पसिनाले शरीरमा भएका टक्सिन निकाल्न सहयोग पु¥याउँछ ।– शरीरको सबै हानिकारक पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

– टक्सिन पसिनाका रूपमा बाहिर ननिस्किदा छालामा नोक्सान पु¥याई ब्ल्याकहेड्स तथा तिलकोठी आउने सम्भावना रहन्छ ।

– पसिना आउँदा शरीरबाट मिनरल्स र प्राकृतिक नुन निस्कन्छ । यसले एक एक्सफोलियटको काम गर्छ ।

– यसले रोमछिद्र सफा गरी छालामा जमेको फोहोर सफा गर्नुका साथै सुख्खा छाला तथा एलर्जीको समस्या पनि कम गर्छ ।

– अनुहारमा जमेको फोहोर सफा गर्छ र पसिनाले शरीरको फोहोर तथा मृत छालाका कोषिका बाहिर निकालेर छाला सफा बनाउँछ ।