चलचित्र ‘डाँडाको वरपीपल’को काट्दिम्ला जुँगा जम्मै’ बोलको गीत सार्वजनिक

असोज ४, काठमाडौं – निर्देशक शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ को गीत सार्वजनिक भएको छ ।

‘काट्दिम्ला जुँगा जम्मै’ बोेलको गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ ।

सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायत पनि गीतमा नृत्य गर्दै देख्न सकिन्छ ।

फिल्म ‘डाँडाको वरपीपल’ को यही असोज २६ गते (घटस्थापना) को दिन प्रदर्शनमा आउँदै छ ।