वाग्मती प्रदेशः नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा पाण्डे

भदौं २८, काठमाडौं – नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशको संसदीय दलको नेतामा प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन्।

नेकपा (एकीकृत समाजवादी) का जेष्ठ प्रदेशसभा सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य पाण्डेलाई सर्वसम्मतरूपमा चयन गरेको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाइँले जानकारी दिए।

सदस्य हुमागाईँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई आफ्नो दलको तर्फबाट समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको बताए।