मदन कृष्ण श्रेष्ठ र सरोज खनालको ’जीवनको पाना’ (भिडियो)

भदौं २७, काठमाडौं-  वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ’जीवनको पाना’ सार्वजनिक भएको छ । बम कुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भरेका छन् िदेवेन्द्र नेवाले गीतको संगीत संयोजन गरेका हुन् ।

भिडियोलाई राज केसी निर्देशन गरेका छन् भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ ।

मदन कृष्ण श्रेष्ठ,अभिनेता सरोज खनाल , लक्ष्मण प्रसाद अधिकारी र राजेन्द्र कट्टेल भिडियोमा अभिनय गरेका छन् । रमेश थापाको सम्पादन भिडियोमा देख्न सकिन्छ ।