परमिताको स्वरमा ‘मायाको भूल’मा परमिताको स्वर (भिडियो)

भदौं २१, काठमाडौं नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नै स्वरमा ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको शब्द पिरो राणा र परमिता मिलेर कोरेका हुन् ।

भिडियोमा सम्पादन, भीएफएक्स तथा निर्देशन जेम्स लामाको छ । परमिताले यसअघि अंग्रेजी गीत पनि गाइसकेकी छिन् िभिडियोमा परमिता आफै देखिएकी छिन् ।

साथमा मोडलद्धय करुणा श्रेष्ठ र आशिष् केसीलाई पनि भिडियोमा हेर्न सकिन्छ । गीतको भिडियोलाई परमिताले आफ्नै अफिसियल युट्युब च्यानल ’परमिता राणा’ बाट सार्वजनिक गरेकी छिन्  ।