सानिमा बैंकद्धारा तीजको अवसरमा महिला लक्षित योजना

भदौ २०, काठमाडौं  – सानिमा बैंकले महिला ग्राहकलाई लक्षित गर्दै तिज विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५५ रूपैयाँ सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यसका साथै पहिलो कारोबारमा १०५ वा रु ५०० सम्मको ‘क्यास ब्याक’ प्रदान गरिनेछ। यसका अतिरिक्त ५०० रूपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई–कार्ड निःशुल्क जारी समेत बैंकले जनाएको छ । भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकले उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरूका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।

सानिमा बैंकको मुलुकभरमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।