नेपाल र भारतबीचको दोस्रो खेल आज

भदौं २०, काठमाडौं –  नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल अपरान्ह ५ः३० बजे सुरु हुनेछ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।