दोहोरी सांझ सञ्चालनको माग गर्दै ब्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई चावी बुझाए

भादौ १६, पोखरा – रात्रीकालिन ब्यावसाय सञ्चालनको माग गर्दै पोखराका दोहोरी सांझ, रेष्टुरेण्ट ब्यवसायीले कास्की प्रशासनलाई चाबी बुझाएका छन ।

कोरोना महामारीका कारण मुुलुकमा निशेधाज्ञा खुकुलो भएतापनि आफुहरुको व्यवसाय सञ्चालनमा प्रशासनले रोक लगाएपछि समस्या उत्पन्न भएको भन्दै व्यवशायीहरुले मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चावी बुझाएका हुन ।

चावी बुझाउदै पोखरा दोहोरी सांझ रेष्टुरेण्ट ब्यवशायी संघका अध्यक्ष जीवन गुरुङले अन्य व्यशायहरु खुलेपनि रात्रीकालिन ब्यवशाय सञ्चालनमा आउन नसक्दा आफुहरु निकै मारमा परेको वताए । सार्वजनिक यातायात, दिवा रेष्टुरेन्ट र अन्य व्यवसाय संचालन भइरहँदा दोहोरी साँझ संचालन हुन नपाउदा व्यशावयी संगै दैनिक जीवन चलाउने कलाकारहरु समेत मारमा परेको उनको भनाइ रहेको थियो ।

निषेधाज्ञा खुकुलो भएसंगै अन्य ब्यवशायहरु सञ्चालनमा आइसक्दा रात्रीकालीन ब्यवशायलाईनै मुख्य निगरानीमा राख्नु राज्यको रात्रिकालीन ब्यवशायलाई गर्ने व्यवहारनै नकारात्मक रहेकाले सरकारको ध्यानाकर्षण गराउन आफुहरुले ब्यवशाय बन्द गरी चाबी हस्तान्तरण गर्न बाध्य भएको समेत गुरुङले वताए ।
ज्ञापन पत्र वुझे पछि कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायीहरुको मर्कालाई सम्बोधन गर्न आफ्नो र प्रशासनको तर्फबाट पहलकदमी थाल्ने वताए ।