फ्रेन्च मिडफिल्डर रियलमा

भदौं १४, काठमाडौं – रियल मड्रिडले फ्रेन्च मिडफिल्डर इडिवार्डो कामाभिंगालाई अनुबन्ध गरेको छ । स्पेनिस क्लब रियलले लिग वान क्लब रेनिसबाट उनलाई अनुबन्ध गरेको हो ।

१८ वर्षीय मिडफिल्डर कामाभिंगाले रियलसँग ६ वर्षको सम्झौता गरेका छन् । कामाभिंगाले फ्रेन्च क्लबबाट ७० लिग वान खेल खेलेका छन् ।

कामाभिंगा सन् २०२७ को जुन ३० सम्म रियलमा रहने छन् । कामाभिंगाले राष्ट्रिय टोलीका लागि भने तीन खेल खेलेका छन् ।

लिग वानमा उत्कृष्ट प्रदर्शन गरेका कामाभिंगाले ला लिगामा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्लबले आशा गरेको छ