गीतकार विनोद चालिसेको रचनाबद्ध कविता तथा गीतिसंग्रह सार्वजनिक

भदौं १६, काठमाडौं -गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ ।

एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाऊ’, ‘के गरौँ कसो गरौँ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरू समावेश छ । गीतमा शब्द रचना विनोद चालिसे, संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ ।

गीतमा आवाज स्वरूप राज आचार्य, शशि विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काको रहेको छ िगीतको संगीत संयोजन विनोद भुजेलले गरेका हुन् ।