‘ अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’ ओली

भदौ ९, काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपयुक्त समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।

पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा कोही पनि निर्विकल्प नहुने भन्दै उक्त सोच खलाएका हुन ।

सम्मेलनमा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई पुन आग्रह गरेका छन । पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन।

पार्टी एकताबद्ध भएर अघि बढ्ने जनाउँदै अध्यक्ष ओलीले माधवकुमार नेपाल पक्षलाई एकतामा आउन भनेका हुन। उनले एकताको प्रयास गर्ने कार्यदललाई समेत धन्यवाद दिँदै गत असार २७ गतेको कार्यदलले गरेको निर्णय लागू हुने बताए ।