इटालियन सिरी ‘ए’ – एसी मिलान १–० ले विजयीे

भदौं ८, एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले विजयी सुरुवात गरेको छ ।

घरेलु टोली साम्पडोरियामाथि १–० को जित दर्ता गर्दै मिलानले नयाँ सिजन जितसहित सुरुवात गरेको हो ।

जिनोभामा सोमबार राति भएको खेलमा मिलानको जितमा ब्राहिम डियाजले खेलको नवौं मिनेटमा डाभिड कालाब्रियाको पासमा गोल गर्दै जीत दिलाएका हुन् ।