कविता – म बोल्न सक्दिन

 

किरण चौधरी

म बोल्न सक्दिन
म लेख्न सक्दिन
म हेर्न सक्दिन
म हेरर बसिरहन सकिन
म लेखेर बसिरहन सकिन
म हेरिरहेर बसिरहन सकिन
म यो देशको स्वतन्त्र नागरिक हुन सकिन
म यो देशको विवेकशील नागरिक हुन सकिन
म आफुले आफैलाई छल्न सकिन
र त मैले लेख्ने कोशिस पनि गरिन
र त मैले हेर्ने कोशिस पनि गरिन
र त मैले बोल्ने कोशिस पनि गरिन
मैले प्रश्न आफैलाई त गर्न सकिन
मैले उत्तर खोज्ने कोशिसै गरिन
र त म गलत भइरहे
म कोहो हरेक नेपाली भुमीमा
जन्मेको नेपाली माटोमा हुर्केको
नेपाली सन्तति हो।
जसले कोशिस नै गर्दैन आफुलाई
प्रश्न सोध्न,उत्तर खोज्न
अनि भन्छ देश विदेशीको हातमा गयो
अनि भन्छन मलाई अन्याय भयो
अनि भन्छन सबै ठाउँमा
भ्रस्टाचार भयो अनि भन्छन
अनियमितता भयो,
भन्छन ठगियो,
अनि बाटो यस्तो ,पानी उस्तो
विजुली काटियो ,खाद्यान्नमा
मिसावट भयो ,अनि भन्छौ
आयल निगमले मुल्य बढायो
खै प्रश्न कर्ता खै उत्तरको खोजकर्ता
खै खबरदारी
दुई शब्द समाजिक सञ्जालमा
मैले लेखेको तपाईले ब्यवहारमा
उठाउनुस अलिकति भए पनि
सचेत भइन्छ,