इंग्लिस प्रिमियर लिग – टोटेनह्यामको लगातार दोस्रो जीत

भदौं ७, काठमाडौं-  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दै टोटेनह्यामले लगातार दोस्रो जित निकालेको हो । उल्भ्सको मैदानमा टोटेनह्यामलाई जित दिलाउन डेली अलीले निर्णायक गोल गरे ।

यस जितसँगै टोटेनह्यामले २ खेलमा ६ अंक जोडेको छ । टोटेनह्याम तालिकाको दोस्रो स्थानमा रहेको छ । टोटेनह्यामले पहिलो खेलमा म्यानचेस्टर सिटीलाई हराएको थियो ।