प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

भदौं ४, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उनले प्रदेश प्रमुख पदको शपथ लिएका हुन्    । सो अवसरमावसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए।