रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

भदौं ४, काठमाडौं -सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनी नेकपा एमाले ९समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल निकटका युवा नेता हुन् ।

सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरेको हो ।