सागमा स्वर्ण पदक विजेता ५३ वर्षीय बर्षिय राईको कोरोना संक्रमणबाट निधन

भदौं ३,काठमाडौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता  (साग) का स्वर्ण पदकधारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ।

नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जितेका कराँते खेलाडी राईको बुधबार नेपाल प्रहरी अस्पतालमा निधन भएको हो । कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो।

राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए। उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फसमेत स्वर्ण पदक जितेका थिए। उनका श्रीमती र एक छोरा छन्।