बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

 

भदौं २, काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।

दलको नेता भएपछि एमालेको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
बागमती प्रदेशमा एमालेको एकल बहुमत छ । १०९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद छन् ।