दुर्गेशको ’बिच्च बिच्चमा ५’ रिलिज (भिडियो)

साउन २६,काठमाडौ – गायक तथा मोडल दुर्गेश थापाले ’बिच्च बिच्चमा ५’ सार्वजनिक गरेका छन्  ।दुर्गेशलाई आवाजमा गायक वसन्त सापकोटाले साथ दिएका छन् ।

शब्द रचना साथै संगीत गितमा थापा स्वयमकै रहेको छ िकाजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन भिडियोमा देख्न सकिन्छ ।

डी सिरिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको भिडियोमा दुर्गेश थापा सँगै पल शाह र बाल कलाकारमा जिविन– जिविस, आयुशी ढकाल, सिमोन कोन्जुले अभिनय गरेका छन् ।

बिच्च बिच्चको ४ वटा पार्ट सफल भए पस्चात दुर्गेशले ५ औ पार्टलाई बजारमा ल्याएका हुन् । भिडियोको सम्पादन मिलन बिस्वकर्माको रहेको छ ।