बीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा मरासिनी नियुक्त

साउन १८, काठमाडौ – कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी पदमा डा रुद्र मरासिनीलाई नियुक्त भएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा मरासिनीलाई उक्त  पदमा नियुक्त गरिएको हो । यसअघि सो पदमा रहेका डा जागेश्वर गौतम विवादित भएपछि उनी सरुवा भएका छन् ।

मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए। उनी चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत थिए । उनले भरतपुर अस्पतालमा रहदा अस्पतालको सुधार गरेको भन्दै सम्मानित समेत भएका थिए ।