संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ

साउन १५, काठमाडौ – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पदभार ग्रहण अघि गृहजिल्ला चितवन आएका उनले आज पत्रकारसँगको कुराकानीमा संविधान बाहिर गएर कुनै पनि काम नगर्ने बताएका हुन ।

प्रदेश प्रमुख गुरुङले भने, “सरकारले मलाई राजनीतिक निष्ठाका कारण दिएको जिम्मेवारीमा आँच नआउने गरी काम गर्ने र पदमा रहुञ्जेल राजनीतिक दलमा निष्क्रिय रहेर प्रदेशको विकासमा लाग्छु ।” फरक प्रसङ्गमा उहाँले पार्टीको १४ औँ महाधिवेशनमा कुनै पदका लागि पनि उम्मेदवारी नदिने पनि घोषणा गरे।