अमेरिकी राष्ट्रपति र जोर्डनका राजाबीच भेटवार्ता

साउन ५,काठमाडौँ – मेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।

त्यस क्रममा उनिहरुबीच अन्य क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ । जोर्डनका राजा अब्दुल्लाह द्धितीय हाल अमेरिकाको भ्रमणमा छन् । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका जोर्डनसँगको आपसी समझदारी र सहयोगलाई निरन्तरता दिन चाहेको बताएका थिए ।

इजरायल प्यालेस्टाइनबीचको विवादमा जोर्डनले खेलेको भूमिकाको अमेरिकी राष्ट्रपति बाइडेनले प्रशंसा गरेका पनि सो विज्ञप्तिमा जनाइएको छ । हालैमात्र इराकको राजधानी बगदादमा इराक, जोर्डन र इजिप्टका बीचमाम त्रिपक्षीय सम्मेलन पनि भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनले सो सम्मेलनमा जोर्डनको भूमिकाको सराहना गरेका पनि ह्वाइट हाउसले जनाएको छ । उनिहरुबीच सिरियाको बारेमा पनि कुराकानी भएको थियो । उनिहरुले सिरियामा शान्ति स्थापनाका लागि आवश्यक सहयोग गर्ने बारेमा पनि छलफल गरेका समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा