दस्तावेज आफैं बोल्छ, को अग्रगामी को प्रतिगामी ?

धेरै वर्ष भइसक्यो,नेपाल कम्युनिष्ट पार्टी एमालेको नवौं राष्ट्रिय महाधिवेशन सकिएको पनि । सो महाधिबेशनबाट उदय भएको हो केपी शर्मा ओलीको । त्यतिबेला उहाँले माधव कुमार नेपाललाई पराजित गर्दै अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

उतिबेला पार्टीको विधान, दृष्टिकोणसहित धेरै दस्तावेजहरु पारित भएका थिए । सोही अधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनअन्तर्गत राजनीतिक शक्तिहरूको विश्लेषणसमेत गरिएको थियो ।

उतिबेलाका दस्तावेजहरुलाई अहिले पल्टाएर हेर्ने हो भने हामी झल्यास्स हुन्छौं । नेकपा एमाले र नेपाली कांग्रेसमा कति धेरै भिन्नता देखाएको छ महाधिवेशनले । तर पछिल्लो वर्षको पुस महिनादेखि आफ्नो प्रतिद्वन्द्वी केपी ओलीप्रति माधव नेपाल यति धेरै उग्र देखिनु भयो कि जसरी पनि आफ्नो पार्टीको सरकार ढाल्नै पर्छ भन्नेमा उहाँ लाग्नु भयो ।

र, अन्ततः आफ्नो मिसनमा सफल हुनुभयो, कांग्रेस र माओवादीको आड लिँदै ओली सरकारलाई प्रतिगामीको टीका लगाउँदै पार्टीको सरकार ढालेरै उहाँले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभयो ।

यसैले एमाले पार्टी स्कुल विभागका सचिव ईश्वरी रिजाल पार्टीको नवौं महाधिवेशनले पारित गरेको सो दस्तावेज उल्टाउँदै माधव नेपालको भनाइ र रटाईको प्रतिगमन र अग्रगमनमा को चाहिँ हो त प्रतिगमन ।

एउटा महाधिवेशनमा आफ्नो पार्टी क्याडरहरुको भोटले हराइएको एउटा अवधि कुर्न नसकेर अध्यक्षप्रतिको विषवमन के साँच्चै उहाँले महाधिवेशनलाई भुल्नु भएकै हो त ? पढौं रिजालले आफ्नो फेसबुक स्टाटसमा राख्नु भएको दस्तावेजको अंशः