विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

साउन १, काठमाडौँ – विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१ लाख ८० हजार १७८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *