आयल निगमले इन्धनको मूल्य घटायो

असार ३१, काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको निगमले जनाएको हो।

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १÷१ रूपैयाँले घटाएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको मूल्य भने यथावत (१४२५) नै छ।