असार २३, काठमाडौँ – नेपाली कांग्रेस कास्कीले कांग्रेस नेता रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी उनको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उनले आफ्नो जीवनकालमा प्रजातन्त्र र टे«ड युनियन आन्दोलनमा पु¥याएका योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाइएको छ । कुँवरलाई निष्ठावान र इमान्दार नेताका रूपमा रहेका विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्वाञ्जलि एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको थियो । उहाँको मङ्गलबार पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य रहेका नेता कुँवर हाल नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार थिए । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका उनि पछिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखको प्रत्याशी थिए ।
