थप १,९२० जनामा संक्रमण, ३४ जनाको मृत्यु

असार १३, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३४ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ३,००७ रहेको छ  ।