थप २ हजार ४४२ जनामा संक्रमण, ५१ जनाको मृत्यु

असार ६, काठमाडौँ – आज नेपालमा २,४४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५१ जनाको मृत्यु भएको छ भने ३,४५६ जना संक्रमणमुक्त भएका छन् ।