कोरोना कहर– ‘मृत्युको मुखबाट फर्किए ।’

भनिन्छ, मान्छेले नभोग्दा सम्म विश्वास गर्दैन । कोरोना कहरले विश्व थलिएको बेला केहि व्यक्तिले सामान्य ढंगले बुझे । यहि बुझेकै कारण कतिपयले अकारण ज्यान गुमाएका छन् । कलंकीका व्यवसायी विनोद बानिया संक्रमीत नहुदा सम्म महामारीप्रति संवेदनशील थिएनन । उनी यसलाई स्वास्थ्य व्यापारको संज्ञा दिन्थे । खुला रुपमा हिड्डुल गर्ने, माक्स नलगाउने, भौतिक दुरी कायम नगर्ने, निस्फीक्रि थिए । जस्तो कर्म उस्तै फल भने झै उनी अन्ततः कोरोना संक्रमीत भए । त्यसपछि उनले सोचे जस्तो सहज थिएन कोरोना संघर्ष ।

सोचे जस्तो सहज थिएन कोरोना संघर्ष ।

दोस्रो महामारी रोकथामका लागि सरकारले गत बैशाख १६ गते लकडाउन घोषणा गर्यो । सरकारको यो कदम पनि उनले बिरोध गरिरहेका थिए । लकडाउनको भोलिपल्ट नै उनलाई टाउको दुख्ने, जिउ दुख्ने समस्या भयो । यी कोरोनाको लक्षण हो उनलाई लागेन । उपचार गर्नु र सचेत हुनु भन्दा पनि उनी निष्फिव्रmी बाहिर हिडिरहे, किनकी उनलाई कोरोना महामारी छ भन्ने बिश्वास नै थिएन । तर यि लक्षण संगसंगै शरीर गल्दै गएपश्चात उनी कोरोना परिक्षण गर्न तयार भए । उनले सोचेभन्दा फरक परिणाम आयो, कोरोना पोजेटिभ देखियो । उनीसंगै श्रीमती सुरञ्जना पौडेललाई पनि कोरोना पुष्टि भयो । लक्षणका साथ कोरोना पुष्टि भएपश्चात भने आफ्नो गलत सोचाई रहेको महशुस गरे । उनी भन्छन् ‘कोरोना प्रति म कहिल्यै पनि जिम्मेवार भइन, पोजेटिभ आएपछि यस रोगबारे म गलत रहेछु भन्ने महशुस भयो । ’उनलाई कोरोनाले नराम्ररी थलायो जिबनमै नभोगेको फरक भोगाई उनले भोगे । उनको कपालको जरा दुख्न थाल्यो पानीमा भिजाउदा सञ्चो हुने उनको कपाल सुख्खा हुदा एकदमै दुख्थ्यो । आखाँ वरिपरि दुखिरह्यो । उनको यी दुखाईको मलमपटी लगाउने काम गरिरहिन् श्रीमतीले । उनलाई भने केहि कम असर गरेको थियो । उनमा भने सामान्य लक्षण टाउको दुख्ने र घांटीमा समस्या थियो । आफ्नो भन्दा पनि श्रीमानको समस्या बढी भएको कारणले उनले हेरचाह गरिरहिन् । उनी भन्छिन् ‘मलाई भन्दा पनि उहांलाई नै एकदमै ग्राहो भएको थियो, त्यसकारण उहांको आत्माबल बढाइरहे । बिनोदलाई खानेकुराको स्वाद हराउदै जादा खान नसक्ने अवस्थामा पुगे । शरीरमा जता छोए पनि दुखिरहेने । उनी भन्छन् ‘मेरो जिउ यस्तो सेन्सेटिभ भयो कि कतै छुनै नहुने थियो ।’ अक्सिजनको लेभल ६० सम्म पुगेको थियो । अक्सिजनको लभेल कम भएपनि उनलाई श्वास फेर्न भने समस्या भएन । अक्सिजन कमी हुनसाथ उनी बगैंचामा पुग्थे, घर नजिकैको पिपलको रुखमुनि बस्थे । यसले उनको अक्सिजनको मात्रा बढ्दै जान्थ्यो । ‘जब अक्सिजन खोज्दै रुखमुनि बस्थे तब केहि शान्त हुन्थे’ उनी भन्छन्‘ यसले रुखबिरुवाको महत्व झन् बढाइदियो ।’

‘कोरोना ब्यापार त ब्यापार नै हो तर स्वास्थ्यको ब्यापार रहेछ ।’

कोरोनाले उनको आत्माबल कमजोर बनाइसकेको थियो । सुरञ्जनाले उनको आत्माबल बढाइरहिन् । उनले आफ्नो श्रीमानको हेरचाह निरन्तर गरिरहिन् । तर बिनोदलाई यि समस्या भोगेर बाच्न भन्दा मर्न मन लाग्न थालीसकेको थियो । उनका अनुसार संक्रमणले ७० प्रतिशत मृत्युको मुखमा पुर्याइसकेको थियो । उनी भन्छन् ‘कोरोनाले म ७० प्रतिशत मृत्युको मुखमा पुगेको थिए, त्यसकारण बांकी ३० प्रतिशत पनि होस भन्ने लागेको थियो । ‘ घरमै आइसोलेशनमा बसेर उनीहरुले निरन्तर चिकित्सकको परामर्श लिइरहे । सास फेर्न समस्या भएमात्रै अस्पताल आउनु भन्ने सुझाव उनीहरुलाई थियो । तर त्यो अवस्था दुबैले भोग्नु परेन र अस्पतालको पुग्नु परेन । बिभिन्न औषधिहरुको प्रयोग खानपानको कारण केहि राहत मिल्दै गयो । १५ दिनपश्चात भने कोरोना नेगेटिभ आयो । कोरोना जित्न श्रीमतीको तुलनामा बिनोदले निकै संघर्ष गर्नुपर्यो । कोरोनालाई ब्यापारको रुपमा लिने उनी संक्रमण पश्चात स्वास्थ्यको ब्यापारको रुपमा लिन थालेका छन् । उनी भन्छन् ‘कोरोना ब्यापार त ब्यापार नै हो तर स्वास्थ्यको ब्यापार रहेछ ।’  कोरोनाको भोगाई पश्चात भने यस महामारीलाई हेलचेक्राईको रुपमा लिन नहुने उनी बताउछन् । यसका लागि सरसफाईमा बिशेष ध्यान दिनुपर्ने उनी सुझाव दिन्छन् ।