बोनम्यारो क्यान्सरपीडितलाई सहयोग जु्ट्दै

असार ४, काठमाडौ – विगत छ वर्षदेखि बोनम्यारो क्यान्सरपीडित २६ वर्षीय दीपक थापाको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । घरको अर्थावस्था कमजोर भएका थापाले हालसम्म कुनै सहयोग नपाई जेनतेन उपचार गर्दै आएकामा पछिल्लो समय विभिन्न सङ्घसंस्था र व्यक्तिबाट सहयोग जुट्न थालेको हो । व्यास नगरपालिका–१ ठूलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सरपीडित मगरलाई रु २५ हजार आर्थिक सहयोग गरेका छन् ।

हाल अष्टे«लियामा रहनुभएका सुनारले पठाएका उक्त रकम निजका हजुरबुवा डम्बरबहादुर सुनारमार्फत मगरको कोठामा पुगेर हस्तान्तरण गरेका हन् । जिल्लाको देवघाट गाउँपालिका–२ बैदी खानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आएका छन् । घरको अर्थावस्था अत्यन्तै नाजुक रहेका मगरको डायलायसिस गर्नसमेत धौधौ हुन थालेपछि जीवन बचाइदिन सबै पक्षसँग आग्रह गरेका हुन् ।

विसं २०७२ मा हिँड्न नसक्ने, टाउको दुख्ने, वाकवाकी हुने, पिसाबबाट रगत बग्नेलगायत समस्या देखापरेपछि उपचारका लागि विभिन्न अस्पताल धाए पनि रोग पत्ता नलागेको उनले बताए । राम्रो उपचारको खोजी गर्दै जाँदा काठमाडौँको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराएपछि मात्रै आफूलाई बोनम्यारो क्यान्सर भएको थाहा पाएको उनले बताए ।

सिभिल अस्पतालका डा विशेष पौडेलले शल्यक्रियाका लागि करिब १० लाख लाग्ने बताए पनि त्यति ठूलो रकम कहाँबाट जुटाऊ, रकम जुटाउन सके नयाँ जीवन पाउने थिएँ । उनले भने, “महिनामा एकपटक डायलायसिस गर्न त धौधौ भएको छ ।” भर्खरै मात्रै एक छोरा जन्मिएका छन् । गाउँमा खेती गरेर खाने जग्गा जमिन नहुँदा साउदीमा रहेका बुवाको कमाइले छ जना परिवारको प्राण धानिदै आएको श्रीमती सजिनाले बताए ।

यसैबीच केही दिनअघि मात्रै व्यास नगरपालिका कार्यालयले मगरको उपचारका लागि रु १५ हजार सहयोग गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम बराबरको चेक बोनम्यारोपीडित थापालाई हस्तान्तरण गरेका थिए । व्यास–१ चारकुनेस्थित चारकुने टोल विकास संस्थाले संस्थामा आवद्ध प्रत्येक सदस्यसँग स्वेच्छिक रकम सङ्कलन गरी रु १० हजार प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र स्थानीय समाजसेवी गिरिधरी सिग्देलले उक्त रकम निजकी श्रीमती सजिनालाई हस्तान्तरण गरेका थिए । त्यसैगरी व्यासनगरपालिका–२ निवारी गोविन्द पन्थका दम्पतीले पाँच हजार आर्थिक सहयोग गरेका थिए ।