टेलिफोन सेवा अवरुद्ध हुँदा बेपत्ता स्थानीयवासीवारे बेखबर

असार ३, काठमाडौ- जाजरकोट सदरमुकाम र अन्य छ स्थानीय तहको सञ्चार सेवा विच्छेद भएको छ । निरन्तर वर्षाका कारण टेलिफोन टावरमा रहेका सोलारमा चार्ज नहुँदा टावर अवरुद्ध भएका हुन् ।

सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । फोन सेवा नहुँदा कुशे गाउँपालिका वडा नं ८ र ९ का सात व्यक्ति बेपत्ता स्थानीयवासीका बारेमा जानकारी आउन सकेको छैन ।