एनटीएजीआई प्रमुख : ‘कोविशिल्ड खोपको दुइ डोज बिचको फरक वैज्ञानिक प्रमाणको आधारमा गरिएको हो ।’

असार २, काठमाडौ- एक महिना अगाडि कोविशिल्ड खोप को दुई खुराक बीच १२-१६ हप्ताको अन्तराल हुन पर्ने निर्णय लिइएको थियो। सोहि विषयमा झण्डै एक महिना पछि, राष्ट्रिय प्राविधिक सल्लाहकार समूह खोप (एनटीएजीआई) का अध्यक्ष एन के अरोड़ाले उक्त निर्णय वैज्ञानिक प्रमाणको आधारमा पारदर्शी रूपमा लिइएको बताएका छन।

एनटीएजीआई का सदस्यहरू बीच सो निर्णय लाई लिएर कुनै प्रकारको असहमति नभएको पनि उनले बताए।

२०२१ को अप्रिल महिनाको अन्त्य तिर बेलायत को सार्वजनिक स्वास्थ्य सम्बन्धी बेलायती कार्यकारी एजेन्सी स्वास्थ्य विभागले जारी गरेको तथ्यांक अनुसार १२ हप्ताको अन्तरालमा खोप दिएमा खोपको प्रभावकारिता ६५% देखि ८८% ले बढ्ने देखिएको छ। यसै आधारमा अल्फा भेरियन्ट ले फैलाएको महामारीलाई उनीहरू ले नियन्त्रण मा ल्याएका थिए। यस महामारीको चपेटाबाट बेलायत चाँडै उम्किन सक्यो किनभने उनीहरुले दुई खोप खुराक बीच १२ हप्ताको अन्तराल राखेका थिए। वैज्ञानिक आधारमा हेर्दा दुई खोप खुराक मा अन्तराल बढाउँदा एडेनोभेक्टर खोप ले राम्रो प्रभावकारिता देखाएको थियो। तसर्थ हामी पनि सोही अनुरूप निर्णय लिन सहमत भयौं। त्यसैले मे १३ तारिख मा खोप खुराक अन्तराल १२-१६ हप्ता गर्ने हामीले निर्णय लियौं। अरोडाले विस्तृत पारे।

यसबारे अरोडाले दुरदर्शन समाचार लाई विस्तृत विवरण दिएका थिए। सोही आधारमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेको थियो र अरोडाले भन्न भएको सम्पूर्ण कथन पनि सो विज्ञप्तिमा समावेश गरिएको थियो।

उनको अनुसार चार हप्ता अन्तरालको अघिल्लो निर्णय सो समय उपलब्ध ब्रिजिंग परीक्षण डाटामा आधारित थियो। उनले भर्खर गरिएका अध्ययन अनुसार खोप खुराक अन्तराल बढाइएमा खोप प्रभावकारिता बढ्ने देखाएपछि मात्र सो निर्णय लिइएको पनि स्पष्ट पारे।

‘कोविशिल्ड खोप मा‌ गरिएको प्रारम्भिक अध्ययन धेरै विषम थियो। बेलायत जस्ता केही देशहरूले डिसेम्बर २०२० मा सो खोप लागू गर्दा १२ हप्ताको अन्तराल गर्ने निश्चित गरेका थिए। हामी सो तथ्यांक र निर्णय बाट अनभिज्ञ थियौं। तसर्थ हाम्रो देशमा गरिएको ब्रिजिंग परीक्षण को आधारमा दुई खोप खुराक बीच ४ हप्ताको अन्तराल राख्ने निर्णय लियौं। पछि हामी ले थप वैज्ञानिक र प्रयोगशाला तथ्यांक भेट्टायौं। सो तथ्यांक अनुसार खोप खुराक अन्तराल ४ हप्ता राखिंदा खोप प्रभावकारिता ५७% थियो भने ८ हप्ता अन्तराल राखिंदा खोप प्रभावकारिता ६०%थियो।‌‌‌‌‌‌‌‌तसर्थ हामी ले पनि खोप खुराक अन्तराल ४ हप्ताबाट ८ हप्ता बनाउने निर्णय लियौं।’

किन यस अघि नै एनटीएजीआईले खोप खुराक अन्तराल १२ हप्ता नबनाएको भन्ने प्रश्नमा उनले भन्नु भयो, हामी युकेबाट (एस्ट्राजेनेका खोपका अन्य सबैभन्दा ठूला प्रयोगकर्ता) थप तथ्यांक को पर्खाइमा थियौं।

उनले क्यानाडा, श्रीलंका र केही अन्य देशहरूले पनि कोविशिल्ड खोप सँग मिल्दो जुल्दो एस्ट्राजेनेका खोपका लागि १२ देखि १६ हप्ताको अन्तराल राखेको पनि बताए।

एनटीएजीआईले खोप अभियान प्रतिक्रिया, खोपको प्रकार र खुराक बीच अन्तराल अनुगमन गर्दै आएको छ। साथै कुनै व्यक्तिमा पूर्ण र आंशिक खोप लगाउँदा के असर हुन्छ भन्ने बारे पनि अनुगमन गर्दै आएको छ।

पीजीआई चंडीगढ़, र सीएमसी भेल्लोर, तमिलनाडुको एक अध्ययनलाई औंल्याउँदै डा। अरोराले भन्नु भयो, आंशिक रुप र पूर्ण रुपमा प्रतिरक्षित दुवै व्यक्ति मा खोप प्रभावकारिता ७५% रहेको अध्ययनले स्पष्ट रूपमा देखाएको छ। जसको परिणाम स्वरूप एक खुराक वा दुवै खुराक पाएका व्यक्तिमा समान प्रभाव प्राप्त भएको देखिएको छ।

यद्यपि ध्यान दिनु पर्ने कुरा के हो भने यो निर्णय केवल अल्फा भेरियन्टको सन्दर्भमा मात्र लागु हुन्छ। यस भेरियन्टले पंजाब, उत्तरी भारत र दिल्लीमा भयावह स्थिति को सृजना गरेको थियो।INN