सिलाई उद्योगमा आगलागी हुँदा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट

असार १, काठमाडौ – काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भइ आगलागी हुँदा धनमाल नष्ट भएको छ ।

सोमवार चन्द्र कट्वालको नीजि उद्योगमा रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।