थप २,४०७ जनामा कोरोना संक्रमित, ४६ जनाको मृत्यु

जेठ ३०, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज देशभर संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ भने ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।