गाई काटेको अभियोगमा दुइ जना पक्राउ

जेठ ३०, भोजपुर – भोजपुर नगरपालिका-४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङलाई गाई काटेको अभियोगमा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पूर्णको गुवालीको घरमा करिब १ सय ५० किलो गाईको मासु, टाउको र खुट्टा सहित फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र संखुवासभा सम्पर्क केन्द्र भोजपुरबाट चिकित्सक समेतको टोलीले उनीहरूलाई पक्राउ गरेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।