माहालक्ष्मी लाइफ इन्सुरेन्सद्धारा बीमाशुल्क भुक्तानीको बिलम्व शुल्कमा छुट

जेठ २७, काठमाडौ – विश्वव्यापी रूपमा फैलिरहेको कोभिड(१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण समयमा बीमाशुल्क किस्ता तिर्न नसकेका बीमितहरुलाई माहालक्ष्मी लाइफ इन्सुरेन्सले विलम्व शुल्कमा छुट गरेकोछ ।

कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेको हुदा आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गगरेको इन्सुरेन्सले जनाएको छ ।

२०७८ आषाढ मसान्त भित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई ३ महिना सम्म १०० प्रतिशत, ३ महिना माथि ६ महिना सम्म७५ प्रतिशत र ६ महिना भन्दा माथि ५० प्रतिशत छुट गरेको इन्सुरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जनाएका छन ।