थप ६६५३ जना कोरोना संक्रमित, १०१ जनाको मृत्यु

जेठ २१, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नेपालमा थप ६६५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।

८६६३ जना निको भएका छन् भने  निको हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० जना पुगेको छ ।