ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा सप्तरीको बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग

जेठ २१, काठमाडौ – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सप्तरीको बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साइन नगरपालिकालाई रु २५ हजारको चेक बिहीबार हस्तान्तरण गरिएको छ ।

उक्त संस्थाका बोदेबर्साइन कार्यालाय प्रमुख योगेन्द्रप्रसाद यादवले नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गरे । संस्थाले यसअघि पनि कोरोना महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मीसमेतलाई स्वास्थ्य समग्री वितरण गरेको  थियो ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नेपालका सबै जिल्लामा समुदायमा आधारित लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।