एन आई सी एशिया लघुवित्तद्धारा ग्राहकहरुलाई व्याजमा छुट

जेठ १८, काठमाडौ – कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्थामा रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।

एन आई सी एशिया लघुवित्त संस्थाले यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउनु भएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी हुनुभएकोमा आभार ब्यक्त गरेको छ । साथै, यस योजनामा सहभागी भए वापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७/– छुट पाएको जानकारी गराएको छ । ब्याजछुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको सस्थाले जनाएको छ ।

यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालयवाट सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ । गत त्रयमासको अन्त्य (चैत्र, २०७७) सम्ममा वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको संस्थाका प्रमुख प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिसे वताएका   छन ।