युट्युबमा ’मिस्टर नेपाली’ सार्वजनिक (भिडियो)

जेठ ८,काठमाडौं– चलचित्र‘मिस्टर नेपाली’ युट्युबमा सार्वजनिक भएको छ ।देव भुषालको कथा,पटकथा तथा निर्देशन रहेको फिल्ममा प्रेमराज दाहालको लगानी रहेको छ ।

नायक भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउतको फिल्ममा मुख्य भूमिका छ । चलचित्रलाई नीरज कँडेलले खिचेका हुन् ।

शुक्रवार सार्वजनिक भएको फिल्मलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् ।