‘टिम सन्दिप लामिछाने’ मार्फत सहयोग जुटाउदै सन्दिप

जेठ ४, काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले कोरोना भाईरसविरुद्ध ‘टिम सन्दिप लामिछाने’ अभियान सञ्चालनमा ल्याएका छन् । उनी आफुले ३ लाख रुपैया सहयोग गर्दै सो अभियानको शुरुवात गरेका छन् ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । गत वर्षपनि उनले कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए ।सन्दीपको अभियानमा जोडिन तलको बैंकमा आर्थिक सहयोग जम्मा गर्न सकिने उनले बताएका छन् ।